सन्धिखर्क–गोरुसीङ्गे सडकखण्ड बन्द हुने • Image Khabar Image Khabar


सन्धिखर्क–गोरुसीङ्गे सडकखण्ड बन्द हुने


Imagekhabar
२४ असार २०७७, बुधबार ११:२८

road, Sandhikharka, CDO-Bikram thapa

अर्घाखाँची । अर्घाखाँचीको मुख्य सडक सन्धिखर्क–गोरुसीङ्गे सडकखण्ड अन्तर्गत घुम्तीदेखि नरपानीसम्मको सडक केहिदिन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सन्धिखर्कमा बसेको सर्वपक्षीय बैठकले अर्को सूचना जारी नहुँदासम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

अहिले सन्धिखर्कदेखि घुम्तीसम्म साँघुरो सडकमा पर्ने मोड कटिङ्ग तथा सडक विस्तार कार्य भईरहेकाले सडक मर्मतको लागि बन्द गरिएको हो ।

उक्त सडक बिहान ८ बजेदेखि मध्यान्न १२ बजेसम्म एक चरण र दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म दोस्रो चरण गरी दुई पटक सडक बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिनुभयो ।

उक्त समयमा एम्वुलेन्स, अति सिकिस्त विरामी बोकेका सवारी साधनका लागि भने सडक खुल्ला हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्