सुनसरीमा दुई जनामा कोरोना पुष्टि, ११ जना निको भए • Image Khabar Image Khabar


सुनसरीमा दुई जनामा कोरोना पुष्टि, ११ जना निको भए


Imagekhabar
२४ असार २०७७, बुधबार १०:५२

सुनसरीमा दुई जनामा कोरोना पुष्टि, ११ जना निको भए

सुनसरी । सुनसरीको धरान उपमहानगपालिकाका दुई जनामा कोरोना पुष्टि भएको छ ।

धरान उपमहानगरपालिका वडा नम्वर –३ की ३६ बर्षिया महिला र धरान १९ का ३१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट आएकी महिला र कतारबाट आएका पुरुषको पिसिआर रिपोर्ट परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टिनमा बसेका उनीहरुलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।

त्यस्तै बीपी प्रतिष्ठानमा भर्ना भएका ११ जना भने निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्