ब्राजिलका राष्ट्रपति जायरलाई कोरोना संक्रमण • Image Khabar Image Khabar


ब्राजिलका राष्ट्रपति जायरलाई कोरोना संक्रमण


Imagekhabar
२४ असार २०७७, बुधबार ०७:०८

ब्राजिलका राष्ट्रपति जायरलाई कोरोना संक्रमण

काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

६५ वर्षीय राष्ट्रपति बोलसोनारोले हिजो टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिनुभएको हो ।

उच्च ज्वरोका कारण सोमबार उहाँले कोरोना भाइरसको परीक्षण गराउनुभएको थियो । हिजो आएको रिपोर्टमा उहाँलाई कोरोना भाइरसको संक्रमण देखिएको उल्लेख गर्दैयसमा डराउनुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।

उहाँ मास्क र सामाजिक दूरीको पक्षमा नभएको भन्दै आलोचना हुने गरेको थियो । ब्राजिल कोरोना भाइरसको संक्रमणका हिसाबले अमेरिकापछि संसारको सबैभन्दा बढी प्रभावित मुलुक हो ।

ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण ६६ हजारभन्दा बढीको ज्यान गुमिसकेको छ । त्यहाँ एकै पटक ४८ हजार ५ सय ८४ संक्रमित थपिदा संक्रमितको संख्या १६ लाख ७४ हजार भन्दा बढि भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्