आर्थिक वर्ष सकिन ७ दिन बाँकी हुँदा ३४ प्रतिशत बजेट खर्च • Image Khabar Image Khabar


आर्थिक वर्ष सकिन ७ दिन बाँकी हुँदा ३४ प्रतिशत बजेट खर्च


Imagekhabar
२३ असार २०७७, मंगलवार १९:५१

आर्थिक वर्ष सकिन ७ दिन बाँकी हुँदा ३४ प्रतिशत बजेट खर्च

काठमाडौं, असार २३ । अघिल्ला वर्षहरुमा झै यस वर्ष पनि विकास बजेट खर्च हुन सकेको छैन ।

विगत ५ वर्षको तथ्याकंलाई हेर्दा पनि विकास बजेट अन्तिम समयमा मात्रै बढ्ने गरेको देखिएको छ ।

अन्तिम समयमा शोधभर्ना र प्राप्ती बढ्ने गरेकोले विकास बजेट बढ्ने गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

महालेखाको ५ वर्षको तथ्यांक केलाउँदा विकास बजेट खर्चको प्रवृत्तिमा कुनै सुधार भएको देखिँदैन ।

आर्थिक वर्ष २०७१/७२ देखी ०७६ /७७ को तथ्याकंलाई हेर्दा पनि विकास बजेट न्युन नै खर्च भएको देखिन्छ ।

महालेखाको तथ्याकं अनुुसार आर्थिक वर्ष २०७१/७२ मा विकास बजेट ७६.०९ प्रतिशत खर्च भएको थियो भने ०७१/७२ मा ५९.०१ र ०७२/७३ मा ६६.०९ प्रतिशत भएको थियो ।

यस्तै ०७३÷७४ मा सबैभन्दा उच्च ८० प्रतिशत र ०७४/७५ मा ७६.९३ प्रतिशत मात्रै खर्च भएको थियो ।

यस्तै चालु आर्थिक वर्षमा त अहिलेसम्म जम्मा ३४.९० प्रतिशत मात्रै भएको छ । चालु आर्थिक वर्षमा पनि जेठ र असारमा बढी खर्च भएको देखिन्छ ।

महालेखा नियन्त्रक गोपीनाथ मैनाली चालु आर्थिक वर्षमा लकडाउनका कारण विकास निर्माणका कामहरु प्रभावित भएकाले विकास बजेट परिचालन थप प्रभावित भएको बताउनुहुन्छ ।

असार १ पछि लकडाउन केही खुकुलो भएका कारण आम्दानी र खर्च दुवैमा केही वृद्धि भने भएको छ ।

चालु आर्थिक वर्षको असार १९ गते सम्मको महालेखा नियन्त्रक कार्यालयको तथ्याकं अनुसार ९ खर्ब ५३ अर्ब राजस्व संकलन भएको छ भने ९ खर्ब ६१ अर्ब खर्च भएको छ ।

यो तथ्याकं हेर्दा सरकारको आम्दानी भन्दा ७ अर्ब ५६ करोड बढि खर्च भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्