कोरोनाको संक्रमण समुदायमा जानसक्छ : निर्देशक पाण्डे • Image Khabar Image Khabar


कोरोनाको संक्रमण समुदायमा जानसक्छ : निर्देशक पाण्डे


Imagekhabar
२३ असार २०७७, मंगलवार १९:३४

कोरोनाको संक्रमण समुदायमा जानसक्छ : निर्देशक पाण्डे

काठमाडौं, असार २३ । काठमाडौं उपत्यकामा देखिएका संक्रमितको मध्ये ७९ प्रतिशत विदेशवाट आएकाहरु रहेको पाइएको छ ।

उपत्यकामा हालसम्म २६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको प्रेस व्रिफिङ्मा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वाशुदेव पाण्डेले विदेशवाट आउनेहरु मध्ये धेरैजना स्वास्थ्य परीक्षण विना नै आउने गरेका कारण काठमाडौंमा संक्रमित देखिएको बताउनुभयो ।

विदेशवाट आएर मन्त्रालयको सम्र्पकमा रहेका १७ हजार व्यक्ति मध्ये ३५ प्रतिशतको मात्र कोरोना परीक्षण भएको प्रमाण रहेको छ ।

टे«किङ् गर्न नसक्ने गरी विभिन्न माध्यमवाट काठमाडौ छिर्नेहरुको संख्या र उपचार गराउन आउनेहरुको संख्या बढेका कारण पनि उपत्यकामा संक्रमितको संख्या बढेको निर्देशक डा.पाण्डेले जानकारी दिनुभयो ।

हाल कोरोना संक्रमण समुदाय स्तरमा नगएको भए तापनि आगामी दिनमा समुदायमा संक्रमण जान सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्