रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित • Image Khabar Image Khabar


रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित


Imagekhabar
२३ असार २०७७, मंगलवार १८:१३

रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

ललितपुर, असार २३ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ ।

उपत्यकामा कोरोना महामारीका कारण गुथि संस्थान ललितपुरको निर्देशनमा बुधबार हुने भनिएको रथारोहण स्थगित गरिएको हो ।

लकडाउनले गर्दा गत २८ चैतमा अनिश्चितकालका लागि स्थगित गरिएको रथयात्राका लागि रथ निर्माणको काम असार १० गते देखि सुरु गरिएको भए पनि मंगलबार संस्थानले स्थगित गर्ने निर्णय गरेको हो ।

दशैंसम्म रथयात्रा नगर्ने हो भने रथलाई भक्तपुर लैजानु पर्ने मान्यता छ ।

लिच्छवीकालमा नरेन्द्र देवको पालादेखि निरन्तर चल्दै आएको भनिएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ ।

पद्यपाणी लोकेश्वरको रुपमा पनि पूजिने मच्छिन्द्र नाथलाई नरेन्द्रदेव, ललित ज्यापु र बन्धुदत आचार्यले उपत्यका भित्रयाएका थिए ।

प्रतिक्रिया दिनुहोस्