६ लेनमा एउटा रुखको अवरोध ! • Image Khabar Image Khabar


६ लेनमा एउटा रुखको अवरोध !


Imagekhabar
२३ असार २०७७, मंगलवार १७:४६

६ लेनमा एउटा रुखको अवरोध !

बारा, असार २३ । २०७३ असार २९ गतेदेखि निर्माण सुरु भएको पथलैया–वीरगन्ज ६ लेन व्यापारिक मार्गमा एउटा रुखको अवरोधले निर्माणकार्य रोकिएको छ ।

वन मन्त्रालयअन्तर्गत् पर्सा राष्ट्रिय निकुञ्जले एउटा रुख हटाउन (ईआईए) वातावरणीय प्रभाव मूल्यांकन नगरेसम्म काट्न नदिने अडान लिँदा उक्त रुखले निर्माण रोकेको हो ।

रक्सौल–अमलेखगन्ज पाइपलाइनको विस्तारको क्रममा २५ मिटरभित्रका ९ किलोमिटरमा पर्ने सबै रुख काटिएपनि एउटा रुख काट्न ‘टीसीएन’ले भएको विवादका कारण निकुञ्जले रुख काट्न नदिएको योजनाले जनाएको छ ।

पथलैयादेखि एक किलोमिटर दक्षिणमा रहेको रुख हटाउन सडक विभागले दैनिक एकजना कर्मचारी एक वर्षसम्म वन मन्त्रालयमा पठाएको थियो ।

वन मन्त्रालयलेसमेत आजसम्म अनुमति नदिँदा सडकको पानी बग्ने नालामै पर्ने रुखको अवरोध हुँदा योजनाले निर्माण कम्पनीलाई करोडौं रकम हर्जना दिनुपर्ने अवस्था आएको योजनाले जनाएको छ ।

३५० करोड लागत रहेको एसियन हाइवेको अवधारणमा निर्माण थालिएको पथलैया–वीरगन्ज औद्योगिक करिडोरअन्तर्गत् पथलैयादेखि सुक्खा बन्दरगाहसम्म ६ लेनको सडक निर्माण थालिएको हो ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्