४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


साप्ताहिक हाटको महत्व खस्कदैं


0
Shares

उदयपुर, वैशाख ३१ । उदयपुरमा लाग्ने साप्ताहिक हाटको अवस्था खस्कदै गएको छ ।

यातायातको पहुँच र दैनिक उपभोग्य बस्तु स्थानीय स्तरमा सहज भएपछि साप्ताहिक हाटको अवस्था खस्कँदै गएको हो । जिल्लाका प्रमुख साप्ताहिक हाटमध्ये गाईघाट, बेल्टार र कटारीमा क्रमशः बुधबार, बिहीबार र शुक्रबार हाट लाग्दै आएका छन् । कटारी बजारमा शुक्रबार लाग्ने साप्ताहिक हाटमा जिल्लाका १९ गाविसलगायत खोटाङको पश्चिम दक्षिण भेग, ओखलढुंगा र सोलुखुम्बुसम्मका बासिन्दा सामान खरिद बिक्री गर्न आउने गर्थे ।

त्यसैगरी गाईघाटमा लाग्ने हाटमा खोटाङको दक्षिणी भेग सिरहा र सप्तरीसम्मका मानिस दैनिक उपभोग्य सामाग्री खरिदको लागि आउँथे । तर अहिले अधिकांश स्थानमा यातायात पहुँचको कारण गाउँ घरमै उत्पादित बस्तु बिक्री र आवश्यकीय सामाग्री खरिद हुन थालेपछि साप्ताहिक हाटको महत्व घट्दै गएको हो ।