
बुटवल, जेठ १ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउन वित्तीय संस्थाहरुले तल्लो तहमा पुगेर काम गर्नुपर्ने बताएका छन् ।
शनिबार बुटवलमा चौतारी लघुवित्त वित्तीय संस्थानको उद्घाटन गर्दै उनले ‘अझैपनि आधा जनसंख्या वित्तीय पहुँचबाट बाहिर रहनु विडम्बनापूर्ण हो’–भने ।
बैंक तथा वित्तीय संस्थाहरुको लक्ष्य ग्रामीण क्षेत्रको आर्थिक विकासमा सहयोग पुर्याउने हुनुपर्ने भन्दै गभर्नर नेपालले ग्रामीण क्षेत्रमा उद्यमशीलताको विकास तथा पर्यटन प्रर्बद्धनका लागि वित्तीय संस्थाले लगानी गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्