
काठमाडौं, जेठ ४ । वाणिज्यमन्त्री जयन्त चन्दका श्रीमती र छोरीका नाममा काठमाडौं र ललितपुरमा गरी दुई रोपनी चार आना जग्गा रहेको छ ।
उनीसँग सवारी–साधनका नाममा एक मारुती सुजुकी कार रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुझाइएको सम्पत्ति विवरणमा जनाइएको छ ।
त्यस्तै, सुन १०५ तोला, चाँदी एक हजार ५०० तोला र ४ थान हिराका साथै सिद्धार्थ, एभरेस्ट र हिमालयन बैंकमा रु एक करोड ९५ लाख ४९ हजार ३०५ मौज्दात तथा विभिन्न बैंंक तथा संस्थाका ६३६ कित्ता सेयर रहेको सम्पत्ति विवरणमा जनाइएको छ ।
उनका पिता लोकेन्द्रबहादुर चन्दका नाममा भने भक्तपुरको मध्यपुर थिमिमा एक रोपनी ११ आना दुई पैसामा बनेको घर रहेको उल्लेख छ । रासस
प्रतिक्रिया दिनुहोस्