३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


लोडसेडिङको विरोधमा स्थानीय आन्दोलित, नेपालगन्जको तापक्रम ४२ डिग्री


0
Shares

नेपालगन्ज, जेठ ४ । अत्यधिक गर्मी हुने सहर नेपालगन्जमा विद्युत्भार कटौती गरिएको विरोधमा यहाँका स्थानीयबासी पुनःआन्दोलित भएका छन् ।

मंगलबार दिउँसो नेपालगन्ज सदरलाइनमा ठूलो संख्यामा उपस्थित स्थानीयबासीले विद्युत्भार कटौतीको विरोधमा टायर बालेर प्रदर्शन र नाराबाजीसमेत गरेका छन् ।

अघिल्लो सरकारले नेपालगन्जमा राष्ट्रिय प्रसारणलाइनबाट दिएको पाँच मेगावाट विद्युत् नदिएको भन्दै स्थानीयबासीले विरोधको आन्दोलन थालेका हुन् ।

नेपालगन्जको प्रचन्ड गर्मीमा सरकारले विद्युत् उपलब्ध गराएर राहत दिनुपर्नेमा यसअघि दिँदै आएको विद्युत्समेत कटौती गरेकामा उनीहरु रुस्ट भएका छन् ।

चार दशकअघि भएको सम्झौताअनुसार भारतको नानपारा सवस्टेसनबाट दैनिक पाँचदेखि १२ मेगावाट विद्युत् नेपालगन्जमा आपूर्ति हुँदै आएको छ ।

तर, नेपालगन्जलाई दैनिक २० मेगावाट विद्युत् आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।

यहाँस्थित मौसम विभागको स्थानीय कार्यालयकाअनुसार मंगलबार नेपालगन्जको तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । रासस

फाइल फोटो