३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक ’,आठ रुपैंयामा ३० मिनेट ‘टक टाइम’


0
Shares

काठमाडौं, असार ८ । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । जस अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब ३० मिनेट अन–नेट टक टाइम कर सहित मात्र रु ८ मा खरिद गर्न सक्छन् ।

यो भ्वाइस प्याक योजना यहि बुधबार (आज) बाट लागु हुनेछ । यस योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ३० मिनेट अन–नेट टक टाइम रहेको भ्वाईस प्याक कर सहित मात्र रु ८ मा खरिद गर्न सक्छन् र प्याक सुचारु भए पछि कर सहित मात्र २७ पैसा प्रति मिनेटमा एनसेलको अन्य कुनै पनि नम्बरमा कुरा गर्न सक्छन् ।

यो प्याकको सुविधा बिहान ५ बजे देखि बेलुका ५ सम्ममा लागु हुनेछ । यो प्याक सुचारु गरेको समयबाट २४ घण्टाका लागि मान्य हुनेछ र ग्राहकले बिहान ५ बजे देखि बेलुका ५ सम्ममा यो सेवा प्रयोग गर्न सक्नेछन् ।

एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी यो प्याक सुचारु गरी योजना अन्र्तगतको सुविधाको लाभ लिन सक्छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो प्याक लिन सक्छन् र पछिल्लो पटक सुचारु प्याकको आधारमा समयावधि थपिनेछ ।

“आफ्ना प्रिपेड ग्राहकका लागि कर सहित मात्र २७ पैसा प्रति मिनेटको दरमा एनसेलको अन्य नम्बरमा कल गर्न सकिने यो आकर्षक प्याक ल्याउन पाउँदा हामी हर्षित छौ ।

प्याकको समयावधि २४ घण्टा रहेकोले दिउँसोे प्याक सुचारु गरेका ग्राहकले टकटाईम बाँकी छ भने भालिपल्ट बिहान ५ बजेबाट दिउँसो सम्म पनि यो टक टाइम प्रयोग गर्न सक्छन्,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यो अफर ग्राहकहरुलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्घताको एउटा अर्को प्रमाण हो,” शर्माले भने ।

प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । ग्राहकले पनि एस्ट्रिक्स् ९०१ ह्यास डायल गरी आफ्नो बाँकी टक टाइमको जानकारी लिन सक्छन् । यो योजना ९० दिनको लागी लागु हुनेछ ।

यस अघि ल्याईएको दैनिक र साप्ताहिक भ्वाईस प्याकहरुलाई पनि एनसेलले स्थाई बनाएको छ । जसअन्र्तगत ग्राहकले दैनिक भ्वाईस प्याकमा कर सहित रु १ रुपैयाँ र साप्ताहिक भ्वाईस प्यार्कमा कर सहित ८६ पैसा प्रति मिनेटमा कुरा गर्न सक्छन् ।