४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


मुस्ताङका बस व्यवसायी आन्दोलित


0
Shares

पोखरा, असार १५ । मुस्ताङ बस तथा जिप व्यवसायी समितिले मुस्ताङमा बुधबार (आज)देखि पर्यटक र निजी सवारी–साधनमाथि रोक लगाएको छ ।

पोखरा र बेनीबाट पर्यटक र निजी गाडीमा पर्यटकहरु सीधै मुक्तिनाथसम्म जान थालेपछि समितिले आफ्नो रोजीरोटी खोसिएको भन्दै सवारी सन्चालनमा रोक लगाएको हो ।

समितिले आफ्नै समितिअन्तर्गतका सवारी–साधनसमेत सन्चालनमा ल्याएको छैन ।

समितिको अवरोधका कारण मुस्ताङको कागबेनीभन्दा माथि कुनै सवारी–साधन सन्चालन हुन सकेका छैनन् ।

कागबेनीसम्म भने प्रहरीले एस्कर्टिङमार्फत् सवारी–साधन सन्चालन गरिरहेको जनाइएको छ ।

निजी र पर्यटकका गरी दैनिक १० भन्दा बढी गाडी मुस्ताङ भित्रने गरेको समितिका अध्यक्ष मिनप्रसाद थकालीले जानकारी दिए ।

मुस्ताङमा यो समितिका १ सय ४९ ओटा बस र जिप छन् ।

फाइल फोटो