१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


ग्रेटर नेपालको नक्सा चीनका विशिष्ट व्यक्तित्वलाई दिइयो


0
Shares

काठमाडौं, साउन १८। ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले चीनका राष्ट्रपतिका प्रमुख सल्लाहकार लि सिक्वाङ, नेपालका लागि चीनका पूर्वराजदूत ली त प्याओ तथा चिनियाँ कम्युनिष्ट पार्टी स्टेट काउन्सिलका पदाधिकारीलाई ग्रेटर नेपालको नक्सा उपलब्ध गराएका छन् ।

ग्रेटर नेपालबारे जनकारी दिन दोस्रोपटक चीनस्थित ‘गुडविल च्यारिटी’को निमन्त्रणामा बेइजिङ र छेन्दुको १० दिने भ्रमण सकेर आएका मोर्चाका अध्यक्ष नेपालले आफ्नो भ्रमण उपलब्धिपूर्ण भएको बताए ।

चिनियाँ राष्ट्रपतिका प्रमुख सल्लाहकार ली सिक्वाङसँग उनले दक्षिणी चिनियाँ समुद्रका टापुमाथिको विवाद, अरुणाञ्चल प्रदेश र ग्रेटर नेपालबारे गम्भीर छलफल गरेका थिए ।

उनले नेपालका लागि चिनियाँ पूर्वराजदूत ली तप्याओसँग भेटघाट गरी ग्रेटर नेपालको नक्सा उपलब्ध गराएपछि उनले ग्रेटर नेपालको विषय आकर्षक र गम्भीर रहेको बताउँदै भारतसँग चीनको लामो सीमा विवाद रहेको र समान प्रकृतिका यस्ता मुद्दामा चीन र नेपालले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएको मोर्चा अध्यक्ष नेपालले जानकारी दिए ।

यसैगरी, अध्यक्ष नेपालले चीनको सिचुवान विश्वविद्यालयअन्तर्गत् दक्षिण एसियाली अध्ययन संस्थानका कार्यकारी डीन तथा दक्षिण एसियाली अनुसन्धान केन्द्रका निर्देशक प्रोफसर ली ताओ तथा दक्षिण एसियाली अध्ययन संस्थानअन्तर्गत् नेपाल अध्ययन केन्द्रका निर्देशक ह्वाङ जेङदोसँग पनि भेट गरी ग्रेटर नेपालको नक्सा उपलब्ध गराएका थिए । रासस