१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


ओली मन्त्रिपरिषदको ‘अन्तिम’ बैठकः सिंहदरबारबाट यसरी बिदा भए ओली (भिडियो)


0
Shares

काठमाडौं, साउन १८ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी सबै कार्यविवरण सार्वजनिक गरेको छ ।

मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको ओली नेतृत्वको मन्त्रिपरिषदको ‘अन्तिम’ बैठकले विवरण सार्वजनिक गरेको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र्निर्देशक समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सरकारको ९ महिने कार्यकालमा पुनःनिर्माणको क्षेत्रमा भएका कार्यको विवरण सार्वजनिक गरेका हुन् ।

यस्तै, मन्त्रिपरिषद बैठकले कर्मचारी, सुरक्षा निकाय, विदेशी दातृराष्ट्र, सन्चारमाध्यम र सर्वसाधारण जनताको सहयोगका लागि धन्यवादसमेत दिएको छ ।

भिडियो हेर्नुहोस्