१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


दोहोर्‍याउने दोस्रो कम्यूनिस्ट प्रधानमन्त्री बन्दै दाहाल


0
Shares

काठमाडौं, साउन १९ । प्रधानमन्त्री दौडमा एकल प्रतिश्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार निर्वाचित भए उनी प्रधानमन्त्रीमा दोहोरिने पहिलो कम्युनिस्ट नेता हुनेछन् ।

नेपालमा प्रजातन्त्रयता पाँच कम्युनिस्ट प्रधानमन्त्री पनि कोही दोहोरिन पाएका छैनन् ।

२०५१ सालको मध्यावधिमा सबैभन्दा ठूलो दल बनेपछि नेकपा एमाले अध्यक्ष मनमोहन अधिकारी देशका पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए । नौ महिना अल्पमतको सरकार चलाएर चर्चाको शिखरमा पुगेका अधिकारीपछि कम्युनिस्ट पार्टीले देशको नेतृत्वका लागि १४ वर्ष कुर्नुपरेको थियो ।

त्यतिबेला तत्कालिन एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाएको थियो । त्यो सरकार पनि नौ महिनाभन्दा बढी टिक्न सकेन ।

दाहाल नेतृत्वको सरकारलाई अर्का कम्युनिस्ट नेता माधवकुमार नेपालको सरकारले प्रतिस्थापन गरेको थियो ।

२०६६ जेठ ११ गते सरकारमा पुगेका माधवकुमार नेपालले सात महिना कामचलाउ प्रधानमन्त्रीसहित २०६७ माघ २३ गतेसम्म देशको नेतृत्व गरेका थिए ।

नेपाललाई उनकै पार्टीका तत्कालिन अध्यक्ष झलनाथ खनाल सरकारले विस्थापित गरेको थियो । खनाल सरकार झन् सात महिनाभन्दा लामो समयसम्म चल्न सकेन ।

२०६८ साल भदौ १२ गते खनाल नेतृत्वको सरकार ढलेपछि माओवादीका तत्कालिन नेता बाबुराम भट्टराई नेतृत्वमा कम्युनिस्ट नेतृत्वको चौथो सरकार बनेको थियो ।

दोस्रो संविधानसभा निर्वाचनपछि दोस्रो सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरे । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको ओलीको कार्यकाल बुधबार सकिदैंछ । –नागरिक दैनिकबाट