२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


दुई पटक भूकम्पको धक्का


0
Shares

बैतडी । बैतडी र दार्चुलामा भूकम्प गएको छ । हिजो साँझ एक घण्टाको फरकमा लगातार दुई पटक भूकम्प गएको हो ।

बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलब ८ म्याग्निच्युट र ७ बजेर ४२ मिनेटमा ३ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

दुवै भूकम्पको केन्द्रविन्दु भारत र चीनको सीमा आसपास लिपुलेक नजिक रहेको केन्द्रका सूचना अधिकारी नविन विश्वकर्माले जानकारी दिए ।