
काठमाडौं । राष्ट्रिय जल तथा मौसम सप्ताह आजदेखि सुरु भएको छ ।
यस वर्षका लागि जल दिवसको मुख्य नारा ‘कोही पछि नछुटुन्’ र विश्व मौसम दिवसको नारा ‘मेरो सूर्य,मेरो पृथ्वी र हाम्रो मौसम’ भन्ने तय गरिएको छ ।
साताब्यापी कार्यक्रमको उद्घाटन गर्दै उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले पानीको स्रोत व्यवस्थापनका लागि सबै लाग्नुपर्ने बताए ।
प्रकृतिले आफ्नो संरक्षण आफैं गर्ने भए पनि मानिसले प्राकृतिक स्रोत बिगार्ने गरेको भन्दै उनले त्यसतर्फ सचेतना आवश्यक रहेको बताए ।
कार्यक्रममा वक्ताहरुले पानी अहिले बहुआयामिकरुपमा प्रयोग भइरहेको भन्दै त्यसको संरक्षणमा जुट्न आवश्यक रहेको बताएका थिए ।
खानेपानी, विद्युत् उत्पादन, सरसफाई, सिँचाइ, मनोरन्जनलगायतका कुरामा पानीको अधिक प्रयोग भइरहेको छ ।
तर जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्ने र पानीको अभाव हुने समस्या पछिल्ला दिनमा बढ्दै गएका छन् ।
जसले मौसममा समेत नकारात्मक प्रभाव पारिरहेको छ । विभिन्न कार्यक्रम गर्दै जल तथा मौसम दिवस सात दिनसम्म बनाइने छ ।
जसमा विद्यार्थीलाई जनचेतना अभिवृद्धि गर्ने,पानीका स्रोत संरक्षण गर्ने अभियानका कार्यक्रम हुने छन् ।
प्रतिक्रिया दिनुहोस्