Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


छाउगोठमा सुत्दा सर्पले लियो ज्यान


0
Shares

जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा छाउगोठमा सुतेकी स्थानीय एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको हो ।

स्थानीय लैनचौर निवासी तुल्सी शाहीलाई बिहीबार राति छाउगोठमा सुतेको समयमा सर्पले टोकेको थियो ।

मध्यरातमा सर्पले टोकेपछि परिवारले धामी झाँक्रीमार्फत् उपचारको प्रयास गरेका थिए । तर, भरपर्दो उपचार नपाउँदा २२ वर्षीया तुल्सीको शुक्रबार मृत्यु भएको हो ।

गाउँमै रहेको मामाको घरमा रहेको छाउगोठमा सुतेकी तुल्सीलाई राति १० बजे सर्पले टोकेको थियो ।

सर्पले टोकेको करिब नौ घण्टापछि उपचारकै अभावमा तुल्सीको ज्यान गएको नगरपालिकाका मेयर सूर्यबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य केन्द्र पनि टाढा भएको र एम्बुलेन्स पनि नहुँदा उपचार नपाएरै शान्ताको मृत्यु भएको हो ।

जम्बुकाँध स्वास्थ्य चौकीमा कार्यरत अनमी कमला शाहीले उपचार अभावमै शान्ताको मृत्यु भएको जानकारी दिए ।

नगरपालिका भए पनि सो स्थानमा अहिले पनि छाउपडी प्रथा कायमै छ। घरभित्र पस्दा देउता रिसाउने र अनर्थ हुने अन्धविश्वासका कारण स्थानीयले महिनावारीको वेलामा महिलालाई सात दिनसम्म घरभित्र पस्न दिदैंनन् ।

यही अन्धविश्वासका कारण छोगोठमा सुतेकी तुल्सीको अकालमै ज्यान गुमेको हो । छापउडी विरुद्ध विभिन्न सरकारी तथा गैरसरकारी निकायले अभियान पनि संचालन गर्दै आएका छन् ।

तर, सबै अभियान प्रभावकारी हुन सकेका छैनन् । अहिले पनि प्रदेश ६ र ७ का जिल्लामा छाउपडी प्रथा कायमै रहेको छ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट