सर्लाहीमा वडाध्यक्षका लागि सातजनाको उम्मेदवारी

दुईजना स्वतन्त्रसहित सातजनाले आफ्नो मनोनयनपत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए ।

डोटीमा वडाध्यक्षमा चारजनाको उम्मेदवारी

आदर्श गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि चारजनाले बुधबार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

सीके राउतको पार्टीबाट उम्मेदवारी

डा. सीके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिएकी छन् ।

बजेटमा भेदभावको आरोप लगाउँदै गाउँपालिकाका अध्यक्ष विरुद्ध आन्दोलनको चेतावनी

राजनीतिक आस्थाको आधारमा आफूहरुको वडामा न्यून बजेट विनियोजन गरी अध्यक्ष साहले आफ्नो पार्टीबाट निर्वाचित वडाका अधिकांश योजनामा बढी बजेट छुट्टयाएको आरोप लगाउँदै वडा नम्बर ६ का वडाध्यक्ष राजेश्वर साह सुडीले गाउँपालिका अध्यक्ष साहले आफ्नो पार्टीबाट निर्वाचित वडाध्यक्षहरुको वडामा बढी बजेट छुट्टयाएर आफूहरुको वडामा एकदमै न्यून बजेट मात्र छुट्टयाएको बताए ।

धनुषासहित तराईका जिल्लामा नक्कली चुरोटको बिगबिगी, प्रशासन भन्छ हामीलाई थाहा छैन

जनकपुरका बजार क्षेत्रमा पनि नेपाली ब्राण्डका सूर्य, खुकुरी र शिखर चुरोटको नक्कली ब्रान्डको बिगबगी बढेको हो । बाहिर बट्टा हेर्दा उस्तै देखिए पनि भित्र भने भारतीय चुरोट राखेर बिक्री वितरण भइरहेको छ ।

प्रविधिले दियो सुख- लिफ्ट प्रविधिबाट गाउँमै खानेपानी

साँगुरीगढी गाउँपालिका वडा नं. ५ ओख्रेमा लिफ्ट प्रविधिबाट खानेपानी ल्याएपछि खोला तथा आकासेपानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ग्रामीण खानेपानी तथा सरसफाई कोष काठमाण्डौको सहयोग र गरीबी निवारण तथा ग्रामीण विकास कार्यक्रम (पर्डेप नेपाल) धनकुटाद्वारा सञ्चालित ग्रामीण खानेपानी आयोजना सञ्चालन गरिएको हो ।

भारतको नयाँ नक्साः सुदूरपश्चिम प्रदेश सरकारको आपत्ति

सीमा विवाद समाधानका लागि कूटनीतिक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

सुत्केरीलाई उपाध्यक्षको कोसेली दाल, तेल र ज्वानो

गाउँपालिकाभित्र रहेका चार सय २५ जना सुत्केरी महिलालाई उपाध्यक्षको कोसेली वितरण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए। पोषण र सरसफाइका लागि गाउँपालिकाका प्रत्येक स्वास्थ्यसंस्थाबाट उपाध्यक्षको कोसेली वितरण गर्ने तयारी भएको उनले बताए ।

मङ्सिरबाट बेसहारा मानिस सडकमा देख्न नपाइने

विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा तिनटोलियमा भर्खरै स्थापना भएको मानवसेवा आश्रमस्थलमा अहिले आठ जना बेसहारा मानिसलाई उद्धार गरेर उनीहरुलाई उचित बास, खाना र उपचारको प्रबन्ध मिलाइएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

सामाजिक सञ्जाललाई मर्यादित र सशक्त बनाउन प्रदेशसभा सदस्यलाई तालीम

इनोभेटिभ भिजनद्वारा आयोजित तथा संसद् सहयोग परियोजनाको सहयोगमा सञ्चालित दुईदिने सो तालीममा १८ प्रदेशसभाका सदस्यहरुको सहभागिता छ ।