वडाध्यक्षको मृत्यु

गए राति कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडाध्यक्ष चन्द आज बिहान मृत फेला परेका हुन् ।

नगरपालिकाका प्रमुखविरुद्ध वडाध्यक्षहरुले दिए आन्दोलनको चेतावनी

कार्यपालिकाका चार वडाध्यक्षसहित १२ सदस्यले नगरपालिकामै संंयुक्तरूपमा पत्रकार सम्मेलन गरी प्रमुख बगडियाले चार महिनादेखि कार्यपालिका बैठक नराखी मनोमानी ढङ्गले नगरपालिका चलाएको आरोप लगाएका छन् ।

गाउँपालिकाले नै गरिदियो चौँरीको निःशुल्क बीमा

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण चौँरीको बीमा गरेको छ । गाउँपालिकाको यो निर्णयबाट चौँरीपालक किसान उत्साहित भएका छन् ।

बिर्खे टोपी लगाउने निर्णय कार्यान्वयन भएन, कर्मचारीलाई ढाका र चुच्चे टोपी नै प्यारो

सबै कर्मचारीले अनिवार्य रुपमा बिर्खे टोपी लगाउनुपर्छ भनेर गरिएको निर्णयले सञ्चारमाध्यममा चर्चा पनि पायो । कर्मचारीले केही समय टोपी पनि लगाए । तर, नगरपालिका आफैंले गरेको निर्णय पालना नगर्दा भानुभक्तमाथि नै उपेक्षा गरिएको आभास भएको छ ।

नयाँ घर पाउँदा मुगुका आगलागी पीडित हर्षित

किम्री गाउँका ५३ घरधुरीमध्ये १९ घरमा अघिल्लो वर्ष वैशाख २० गते भएको आगलागीबाट घरसहित अन्नबाली र धन सम्पति पूर्णरूपले क्षति भएको थियो ।

वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागीर

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटा अन्तर्गत मुस्ताङबाट नाम निकालेका थिए ।

तीनपांग्रे सवारीको सवारीधनी पुर्जा वितरण

वीरगन्ज महानगरपालिकाले तीनपांग्रे सवारी–साधनहरुको रुट परमिटसहितको सवारीधनी पुर्जा वितरण सुरु गरेको छ ।

जमिन र घर नै चिराचिरा परेपछि त्रसित जनजीवन

सामान्यतया पानीको मुल बर्खामा मात्र फुट्ने गर्छ । तर धनकुटाको साँगुरीगढि गाँउपालिका वडा नम्बर पाँच तुङ्खामा अचानक पानीको मुल फुटेर जमिन नै चिराचिरा पर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

बालविवाह अन्त्यका लागि धर्मगुरुसँग प्रहरी

बालविवाहका कारण समाजमा हुने आपराधिक घटनाका साथै यसबाट शिक्षा, स्वास्थ्य, रोजगारी, पारिवारिक कलह र देशविकामा पुग्ने असरबारे पनि जानकारी गराइएको उनको भनाइ छ ।

डिभी परेर वडाध्यक्ष अमेरिकामा, हस्तलिखित राजीनामा नआउँदा उपनिर्वाचन भएन

समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको जनाइएको छ । वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष जगतमान घिसिङ परिवारसहित अमेरिका गएका थिए ।