लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

अब ‘फेसबुक लाइभ’ गर्नेलाई कडाइ, तीन हजार रोजगारी थप्ने तयारी

बिहीबार, २१ बैशाख, २०७४ मा प्रकाशित,

काठमाडौं, बैशाख २१ । अनुचित सामाग्री अनुगमन गर्न फेसबुकले तीन हजारजनालाई रोजगारी दिन लागेको बताएको छ ।

घृणायुक्त टिप्पणी, बाल दुर्व्यवहार तथा आफैंलाई नोक्सानी पुर्याइएका घटना सो सञ्जालमार्फत प्रसारण हुन थालेकाले नियन्त्रण गर्न अनुगमन कडा पार्न लागिएको बताइएको छ ।

फेसबुकका प्रमुख कार्यकारी मार्क जुकर्बर्गले मानिसहरुले फेसबुक लाइभमार्फत आफैंलाई अनि अरुलाई नोक्सानी पुर्याएको घटना प्रसारण भएको हेर्नु पर्दा आफ्नो मन कुँडिएको बताएका छन् । उनले त्यस्ता समस्याकारी भिडियोहरुको रिपोर्टिंग गर्न सहज बनाइने बताए ।

बीबीसीका अनुसार उक्त सामाजिक सञ्जालमा हत्या तथा आत्महत्या प्रत्यक्ष प्रसारण गरिएका घटना देखा परेपछि यी नयाँ कदम चाल्न लागिएका हुन् ।

एप्रिल महिनामा एकजना मानिसको हत्या भएको छटना फेसबुक लाइभ मार्फत प्रत्यक्ष प्रसारण भयो ।

सोही महिनामा एकजना थाई मानिसले आफु स्वयं र आफ्नो सी छोरीको हत्या उसैगरि प्रत्यक्ष प्रसारण गरे ।

जुकर्बर्गले फेसबुकको समुदाय व्यवस्थापन टोलीमा हाल भएका ४५ सय कर्मचारीका अतिरिक्त थप भर्ना गरेर त्यस्ता सामाग्रीबारे रिपोर्टिंग हुने वित्तिकै चाँडो प्रतिकृया जनाउन लागिएको जनाए ।

आफ्नो फेसबुक प्रोफाइलमा लेख्दै उनले कम्पनीले हरेक हप्ता प्राप्त गर्ने दशौं लाख सामाग्रीका रिपोर्टलाई व्यवस्थापन गर्न नयाँ औजार विकास गर्ने भनेका छन् ।

‘हामी समस्याबारे गुनासो वा रिपोर्ट गर्न सजिलो बनाउनेछौं। जसले गर्दा हाम्रा समीक्षकहरुले कुन सामाग्रीले हाम्रा मापदण्ड नाघ्छन् भनेर छिटो निर्धारण गर्न सक्नेछन् ।

‘गत साता हामीले कोही मानिसले लाइभ भिडियोमा आत्महत्या गर्न लागेको भन्ने जानकारी पायौं ।

तत्काल हामीले सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायलाई खबर गर्यौं, र तिनलाई आफैंलाई नोक्सानी पुर्याउनबाट जोगाउन सक्यौं,’ जुकर्बर्गले भने ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework