लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
TVS

अब आउँदैछ यस्तो अत्याधुनिक सुविधासम्पन्न ‘स्मार्ट ज्याकेट’

मंगलबार, १ चैत, २०७३ मा प्रकाशित,

काठमाडौं, चैत १ । तपाइँ स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने अब स्मार्ट ज्याकेट पनि लगाउन पाउनुहुनेछ ।

संसारकै सबैभन्दा ठूलो सर्च इन्जिन गुगल र लिभाइज कम्पनी मिलेर अत्याधुनिक सुविधासम्पन्न ‘कनेक्टेड स्मार्ट ज्याकेट’ बनाउँदैछन् ।

यसै वर्षको अन्त्यसम्म गुगलले ‘ज्याक्कुयार्ड प्रोजेक्ट’मार्फत् स्मार्टफोनमा उपलब्ध सुविधासहित स्मार्ट ज्याकेट बजारमा ल्याउन लागेको हो ।

कनेक्टेड स्मार्ट ज्याकेट एक प्रकारको आर्टिफिसियल इन्टेलिजेन्स इलेक्ट्रोनिक्स प्रविधिमा आधारित रहेको गुगलले उल्लेख गरेको छ ।

‘कन्डक्टिभ फाइबर’ प्रयोग गरिएको धागोबाट बनाइएको कपडाबाट ज्याकेट सिलाइएको छ । ज्याकेटलाई ब्लुटुथमार्फत् स्मार्टफोनसँग कनेक्ट गर्न सकिन्छ ।

आफ्नो गोजीबाट मोबाइल नझिकिकन सजिलै कुराकानी गर्न सकिने उक्त ज्याकेटमा सेन्सरसहितको टचस्क्रिन प्रयोग गरएको छ ।

धुनसमेत मिल्ने स्मार्ट ज्याकेट फोनमात्र नभइ अरु प्रविधिहरुसँग पनि जोड्न सकिने गुगलले उल्लेख गरेको छ ।

गुगल ज्याक्कुयार्ड प्रोजेक्टकाअनुसार ज्याकेटमार्फत् अनलाइन बस्न मिल्ने, भिडियो तथा फोटो खिच्न मिल्ने, विभिन्न एप्लिकेसन चलाउनसमेत मिल्ने सुविधाहरु राखिएको छ ।

गुगलले यस स्मार्ट ज्याकेटको प्रतिज्याकेट मूल्य ३५० अमेरिकी डलर तोकेको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework