लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

काठमाडौंमा फेरि हुँदैछ मोबाइल फ्याँक्ने प्रतियोगिता

बुधबार, ११ फागुन, २०७३ मा प्रकाशित, 7143 पटक हेरिएको

काठमाडौं, फागुन ११ । रोटरी क्लब अफ रुद्रमतिले यही फागुन २१ गते काठमाडौंको टुँडिखेलमा मोबाइल फ्याँक्ने प्रतिस्पर्धा आयोजना गर्ने भएको छ ।

बुधबार राजधानीमा पत्रकार सम्मेल गरी सो क्लबका पूर्वअध्यक्ष तदुप्रसाद तिमल्सिनाले प्रतिस्पर्धामा पुराना र काम नलाग्ने मोबाइल फ्याक्नुपर्ने बताए ।

यसअघि, सन् २०१५ मा नेपालमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरिएको थियो ।

मोबाइल फ्याँक्नका लागि महिला, पुरुष तथा बालबालिकाका लागि छुट्टा–छुट्टै स्थान राखिने पनि जनाइएको छ ।

चल्ने अवस्थाको मोबाइल धनीले ५०० र नचल्ने अवस्थाको मोबाइल धनीले हजार रुपैयाँ तिरेर कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

सो कार्यक्रमबाट उठेको रकमबाट मुगु जिल्लाका एक सय महिलालाई मोबाइल सेट उपलब्ध गराउने दाबी पनि सो संस्थाले गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework