लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नेपाल आइटीएफ एसियाली टिम च्याम्पियनसिप छनोट टेनिसको फाइनलमा पराजित

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित, 6644 पटक हेरिएको

काठमाडौं, जेठ ५ । १२ वर्षमुनिको आइटीएफ एसियाली टिम च्याम्पियनसिप टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगितामा नेपाली पुरुष टोली फाइनलमा पराजित भएको छ ।

ललितपुरको सातदोबाटोस्थिति टेनिसकोर्टमा शुक्रबार सम्पन्न प्रतियोगितामा नेपाली पुरुष टोलीलाई बंगलादेशले ३–० ले पराजित गरेको हो ।

प्रतियोगिताअन्तर्गत् पुरुष एकलतर्फको पहिलो खेलमा नेपालका आरभ सम्राट हाडालाई बंगलादेशका रोमन हुसेनले ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे ।

यस्तै, पुरुष एकलतर्फको देस्रो खेलमा पनि नेपालका आर्यन गिरीलाई बंगलादेशका माहादी हसनले समान २–० को सोझो सेटमा हराउनेक्रममा ६–२ र ६–३ को जित दर्ता गरे ।

प्रतियोगिताअन्तर्गत् डबल्सतर्फ पनि नेपालका आरभ र आर्यनको जोडीलाई बंगलादेशका रोमन र जुबेदको जोडीले समान २–० कै सोझो सेटमा पराजित गरे ।

नेपालले सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल प्रवेश गर्दा बंगलादेशले भुटानलाई पराजित गर्दै नेपालसँगको फाइनल भिडन्त पक्का गरेको थियो ।

फाइनलमा पुगेका नेपाल र बंगलादेशले काजखस्तानमा आगामी नेभेम्बरमा हुने १२ वर्षमुनिको आइटीएफ एसियाली टिम च्याम्पियनसिपमा स्थान सुरक्षित गरिसकेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework