लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

डीपीएल क्रिकेटः शनिबार धनगढी र बिराटनगर आमनेसामने हुने

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 2534 पटक हेरिएको

काठमाडौं, बैशाख ८ । धनगढी प्रिमियर लिग(डीपीएल) क्रिकेट प्रतियोगिताको उपाधीको लागी शनिबार बिराटनगर किङ्स र धनगढी टिम चौराहा भिड्दै छन् ।

समुह चरणदेखीनै सन्तुलित प्रदर्शन गर्दै आएको शरद भेषावकर नेतृत्वको बिराटनगर र शनशनीपुर्ण रुपमा फाइनल आइपुगेको पारस खड्काको धनगढी दुबैले क्वालिफायर खेलमा रुपन्देही च्यालेन्जर्सलाई हराउँदै उपाधी भिडन्त पक्का गरेका हुन् ।

पछिल्ला खेलहरुमा लयमा देखिएको धनगढी सोही लयलाइ कायम राख्दै उपाधी जित्ने दाउमा छ ।

तर धेरै हदसम्म कप्तान पारस खड्काको प्रदर्शनमा निर्भर धनगढीलाई सन्तुलित देखिएको शरद भेषावकरको बिराटनगर किङ्सलाई हराउन त्यति सजिलो हुने छैन ।

यसअघी भएका घरेलु प्रतियोगिताहरुमा पनी सफल कप्तानी गर्दै आफ्नो टोलीलाई उपाधी जिताएका शरद अहिले सम्मकै सबै भन्दा ठुलो घरेलु प्रतियोगितामा पनी त्यस्तै नतिजा निकाल्ने लक्ष्यमा छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework