लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

लाङटाङमा अन्तर्राष्ट्रिय म्याराथन हुने

बिहीबार, ७ बैशाख, २०७४ मा प्रकाशित, 8962 पटक हेरिएको

काठमाडौं, वैशाख ७ । नेपालको महत्वपूर्ण पदयात्रा गन्तव्यकोरुपमा रहेको लाङटाङमा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले यही वैशाख १२ गते म्याराथन प्रतियोगिता गर्न लागेको हो ।

टानले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘लाङटाङ क्षेत्र पदयात्राका लागि सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्न म्याराथन गर्न लागेको जनाएको हो ।

भूकम्पबाट क्षतविक्षत भएको लाङटाङ क्षेत्रमा पर्यटकीय गतिविधि ठप्प भएको अवस्थामा प्रतियोगिताले अन्तर्राष्ट्रियजगतमा सकरात्मक सन्देश जाने विश्वास गरिएको छ ।

टानका सदस्य सूर्य घिमिरेले प्रतियोगिता खुला महिला र पुरुष गरी दुई समूहमा हुने जानकारी दिए ।

प्रतियोगितामा भाग लिन विभिन्न देशका धावकहरु नेपाल आइसकेका छन् भने प्रतियोगितामा एक सय ५० जनाभन्दा बढी सहभागी हुने जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework