लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

यु–१६, यु–१९ र यु–२३ च्याम्पियनसिप छनोट फुटबलः नेपालको यात्रा कठिन

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित,

काठमाडौं, वैशाख ८ । एसियाली फुटबल महासंघ (एएफसी)ले १६ वर्षमुनि, १९ वर्षमुनि र २३ वर्षमुनिको एसियाली च्याम्पियनसिप छनोट खेल तालिका सार्वजनिक गरेको छ ।

मलेसियास्थित एएफसीको कार्यालयमा शुक्रबार १६ र १९ वर्षको ‘ड्र’सहित खेल तालिका सार्वजनिक भएको हो भने यसअघि नै ड्र भइसकेको २३ वर्षमुनिको खेलतालिका सार्वजनिक भएको हो ।

ड्रअनुसार नेपाल दुबै शैलीको प्रतियोगिताको कठिन समूहमा परेको छ ।

१६ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल समूह ‘डी’मा परेको छ । यो समूहमा साविक विजेता इराकसहित भारत र प्यालेस्टाइन पनि रहेका छन् ।

एसियाका ४५ राष्ट्रका टिमले सहभागिता जनाउने छनोट चरणमा सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।

हरेक समूहका विजेता टोली र उत्कृष्ट ५ उपविजेताले अन्तिम चरणमा स्थान बनाउनेछन् ।

नेपाल सम्मिलित समूहका खेलहरु आगामी भदौ ३१ देखि असोज ८ गतेसम्म नेपालमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

यु–१९ मा नेपाल समूह ‘ए’मा
त्यस्तै, १९ वर्षमुनिको ड्रअनुसार नेपाल समूह ‘ए’मा परेको छ । यो समूहमा नेपालसहित आयोजक कीर्गिस्तान, युएई, बहराइन र ओमान रहेका छन् ।

खेल आगामी कात्तिक १४ देखि २२ गतेसम्म हुनेछ ।

यु–२३ मा नेपालको पहिलो खेल युएईसँग
त्यस्तै, एएफसीले २३ वर्षमुनिको च्याम्पियनसिपको खेल तालिका पनि सार्वजनिक गरेको छ ।

युएईमा आगामी साउन ४ देखि ८ गतेसम्म हुने छनोटमा समूह ‘डी’मा रहेको नेपालले पहिलो खेल युएईसँगै खेल्नेछ ।

त्यस्तै, नेपालले दोस्रो खेल उज्वेकिस्तानसँग र अन्तिम खेल लेबननसँग खेल्नेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework