लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new
Gold & Diamond

पोखरामा इतिहास शिरोमणिको स्मरण

आइतबार, २९ फागुन, २०७३ मा प्रकाशित, 1373 पटक हेरिएको

पोखरा, फागुन २९ । नेपाली इतिहास लेखनमा विशेष योगदान पुर्याएका इतिहास शिरोमणि बाबुराम आचार्यको आज यहाँ स्मरण गरिएको छ ।

पृथ्वीनारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागद्वारा आचार्यको १२९औँ जन्मजयन्तीका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताले उनको बहुआयामिक व्यक्तित्व र राष्ट्रवादी चिन्तनमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रा डा. दिलबहादुर क्षेत्रीले नेपालमा इतिहास लेखनको थालनी आचार्यले गरेको बताउँदै जहानियाँ राणा शासनकालमा पनि उनले आफ्नो निष्ठा र आस्था नछाडेको धारणा राखे ।

खरिदार बाजे नामले चिनिनु हुने आचार्यले प्राचीन नेपाली लिपिहरुको अध्ययन-अनुसन्धान गर्नाका साथै माउन्ट एभरेस्टको नाम सगरमाथा भनी नामकरण गरेका थिए । रासस

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.