लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

नारायणगढ–मुग्लिन सडकखण्ड अब दैनिक ६ घण्टा बन्द हुने

मंगलबार, ८ चैत, २०७३ मा प्रकाशित, 29865 पटक हेरिएको

चितवन, चैत ८ । निर्माण कार्यलाई तिव्रता दिन नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

दैनिक साढे ४ घण्टा आवागमन रोकेर काम गर्दै आएको सडकखण्डमा यही चैत १५ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक ६ घण्टा यातायात आवतजावत रोकिने भएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार अब दैनिक बिहान १० देखि अपराह्न ४ बजेसम्म सडक बन्द गरिनेछ । वैकल्पिक सडक प्रयोग गर्न मिल्ने सवारी सोही अनुसार र नमिल्ने सवारी साधनले लेन अनुशासन कायम राखी ट्राफिक प्रहरी र कर्मचारीको निर्देशन पालना गरी सञ्चालन गर्न आग्रह गरिएको छ ।

हाल बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरि निर्माण गरिँदै आएको छ ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.