लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चीनबाट ल्याइएका सामान रसुवागढी भन्सारमा अलपत्र

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 6588 पटक हेरिएको

रसुवा, चैत ७ । रसुवागढी भन्सार कार्यालयमा कर्मचारी अभाव हुँदा व्यापारीले चीनको केरुङ नाकाहुँदै ल्याएको सामान एक महिनादेखि अलपत्र परेका छन् ।

कार्यालयले भन्सार स्वीकृत गर्न नसक्दा करिब १० अर्ब रुपैयाँ बराबरका सामान भन्सार कार्यालयमै थन्किएका छन् । अर्बौं रुपैयाँका रेडिमेड कपडा, कस्मेटिक, चप्पल, जुत्तालगायतका सामान रसुवागढी भन्सार कार्यालयमा अलपत्र अवस्थामा रहेको ब्यापारीहरुले बताएका छन् ।

कर्मचारीहरुको सरुवाका कारण भन्सार नगर्दा सामान समयमै लान नसकिएको व्यापारीहरु बताउँछन् । केरुङबाट दैनिक एक सयवटा मालबाहक कन्टेनरमा सामान नेपाल भित्रिए पनि समयमै ब्यापारीहरुले भन्सार नगरीदिँदा कार्यालयमै थन्किएको भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरुले बताए ।

सामानको भन्सार नहुँदा दैनिक दुई करोड रुपैयाँभन्दा बढी राजश्व असुली हुने यो कार्यालय प्रभावित भएको छ । यसैगरी केरुङ नाकाबाट दैनिक सयौं मालबाहक कन्टेनर भित्रिदा याडमा राख्ने स्थानसमेत अभाव हुन थालेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework