लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

सत्तारुढ र मधेसकेन्द्रित दलहरु सहमतिनजिक, मधेसी दल निर्वाचनमा सहभागी हुने दाबी

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 5642 पटक हेरिएको

काठमाडौं, वैशाख ८ । संविधान संशोधन प्रस्तावलाई परिमार्जन गरी स्थानीय तहको निर्वाचनमा जान सत्तारुढ र मधेसकेन्द्रित दलहरु सहमतिनजिक पुगेका छन् ।

आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा मधेसकेन्द्रित दलहरुलाई सहभागी गराउने अन्तिम प्रयासस्वरुप शुक्रबार दिनभरजसो भएका वार्ता निश्कर्षउन्मुख बनेको नेताहरुले दाबी गरेका छन् ।

शुक्रबार साँझ भएको वार्तापछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसकेन्द्रित दलहरुसँग सहमति जुटेको र शनिबार त्यसलाई अन्तिमरुप दिइने बताए ।

संविधानको धारा २७४ को उपधारा ७ र सीमांकन आयोग गठन सम्बन्धमा गरिएको व्यवस्था परिर्माजन गर्नुपर्नेलगायतका विषयमा साझा धारणा बनाएर सहमतिलाई अन्तिमरुप दिइने पौडेलले बताए ।

प्रस्ताव परिमार्जनका लागि दलहरुले कार्यदललाई जिम्मेवारी दिएका छन् । कार्यदलमा सत्तारुढ दलहरुबाट कृष्ण सिटौला र कृष्णबहादुर महरा तथा मधेशकेन्द्रित दलहरुबाट लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठ सदस्य छन् ।

यसअघि, शुक्रबारै बिहान राष्ट्रिय जनता पार्टी तथा संघीय समाजवादी फोरमका नेताहरुबीच छलफल भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मधेसकेन्द्रित दलका नेताहरुले संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरिए चुनावमा भाग लिने बताएका थिए ।

मधेसकेन्द्रित दलका नेताहरुसँगको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाका नेताहरुसँग छलफल गरेका थिए ।

यस्तै, आन्तरिक रणनीति तय गर्न मधेसकेन्द्रित दलका नेताहरुबीच पनि बैठक बसेको थियो ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.