लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भडप, आधादर्जन घाइते

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 5565 पटक हेरिएको

चितवन, वैशाख ८ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी संगठनबीच शुक्रबार दिउँसो झडप हुँदा ६ जना घाइते भएका छन् ।

नेकपा एमालेनिकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीबीच भडप हुँदा अनेरास्ववियुका तीन र क्रान्तिकारीका तीनजना घाइते भएका हुन् ।

नयाँ विद्यार्थीले कलेज प्रवेश गर्दा लगाउने टिसर्टको डिजाइनका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको हो ।

घाइते हुनेमा अनेरास्ववियुका पोषण साह, रोहित ढकाल सुदीप भुजेल रहेका छन् भने क्रान्तिकारीका निरज सिंह, सुवज अधिकारी र नोबेल आचार्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.