लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

कांग्रेस, एमाले र माओवादी केन्द्रको चुनावी घोषणापत्रमा के आउँदै छ ? (भिडियो रिपोर्ट)

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 2761 पटक हेरिएको

सरोज अधिकारी/नवीन स्थापित (इमेज): काठमाडौं, वैशाख ८ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरु चुनावी घोषणापत्रलाई अन्तिमरुप दिन व्यस्त छन् ।

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले दुई/तीनभित्र नै घोषणापत्र सार्वजनिक गर्ने जनाएका छन् ।

सामान्यतः घोषणापत्रकै आधारमा जनताले कुन उम्मेदवार र दललाई छान्ने भन्ने निर्णय गर्छन् भन्ने मान्यता राखिन्छ । तर, नेपालको सन्दर्भमा घोषणापत्रमात्र आधार बनेको पाइँदैन ।

उम्मेदवारको लोकप्रियता र दलको भूमिकालेसमेत निर्वाचन परिणाममा महत्वपूर्ण भूमिका खेल्छ । तर, घोषणापत्र भावी योजनाको एउटा दस्तावेज र दृष्टिकोण पनि हो ।

त्यसैले पनि दलहरुले घोषणापत्र बनाउन निकै मेहनत गर्छन् र विज्ञहरुको सुझावसमेत लिन्छन् ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र घोषणापत्रलाई अन्तिमरुप दिने तयारीमा छन् ।

घोषणापत्रमा सबैजसो दलले स्थानीय तहलाई धेरै अधिकार दिन आफूहरु नै प्रस्तावक भएको दलिल पेस गरेका छन् ।

स्थानीय तहमा यति महत्वपूर्ण अधिकार पुग्नु आफूहरुको एजेन्डा भएको उनीहरुको दाबी छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework