लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

एमालेले प्रदेश नम्बर–२ का जिल्लामा पनि सभा गर्ने

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 5621 पटक हेरिएको

काठमाडौं, चैत ७ । नेकपा एमालेले मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत् बाँकी प्रदेश नम्बर–२ का जिल्लामा पनि सभा गर्ने भएको छ ।

पार्टीको केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले सम्बन्धित प्रदेश कमिटीसँग समन्वय गरी कार्यक्रम तय गर्ने निर्णय भएको एमालेका सचिव एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमालेले सिरहा, धनुषा, रौतहटलगायत मध्यतराईका जिल्लामा संविधान कार्यान्वयन, निर्वाचन राष्ट्रिय एकता र सद्भावको नारासहितको सो अभियान सन्चालन गर्ने भएको हो ।

गत फागुन २१ गते झापाबाट सुरु भएको सो पार्टीको अभियान फागुन २३ गते सप्तरीको राजविराज पुग्दा हिंसात्मक घटना भएपछि मध्यतराईका जिल्लाका कार्यक्रम स्थगन भएका थिए ।

अभियान यही चैत ५ गते कन्चनपुरमा समापन भएको थियो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework