लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

निर्वाचन क्षेत्र निर्धारण विधेयक बहुमतले पारित

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 4188 पटक हेरिएको

काठमाडौं, चैत ७ । व्यवस्थापिका–संसदले ‘निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३’ लाई बहुमतले पारित गरेको छ ।

यसअघि, प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत् गरेका थिए ।

बैठकमा विधेयकमाथिका संशोधनकर्ता भरतबहादुर खड्का, राजेन्द्र पाण्डे, रेवतीरमण भाण्डारी, गुरु बुर्लाकोटी, रामनारायण बिडारी, अग्निप्रसाद खरेलले संशोधन प्रस्ताव फिर्ता लिएका थिए भने सांसद प्रेम सुवाल, अनुराधा थापामगर र मीना पुनको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत् गरिएकोमा सदनको बहुमतले अस्वीकार गरेको थियो ।

विधेयकमाथि प्रमुख प्रतिपक्ष दलले राखेको अधिकांश संशोधनलाई सरकारले स्वीकार गरेको हुँदा विधेयक बहुमतका आधारमा पारित भएको हो ।

यसअघि, मन्त्री नायकले ‘निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत् गरेका थिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework