लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

१०१ वर्षमा ‘स्काइडाइभ’, रचियो नयाँ विश्व कीर्तिमान

बिहीबार, ४ जेष्ठ, २०७४ मा प्रकाशित, 1683 पटक हेरिएको

काठमाडौं, जेठ ४ । बेलायतका १०१ वर्षीय वृद्धले ‘स्काइडाइभ’ गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।

ब्रेसन विलियम वर्दन हेस नाम गरेका ती वृद्धले गत आइतबार ‘तन्देम स्काइडाइभ’ अर्थात् हवाईजहाजबाट प्यारासुटको सहायताले आकाशमा फाल हान्ने संसारमै सबैभन्दा वृद्ध व्यक्तिको कीर्तिमान रचेका हुन् ।

यसअघि, क्यानेडियन नागरिक जेन्ड्रयुले १०१ वर्ष ३५ दिनमा ‘तन्देम स्काइडाइभ’ गरेर विश्व कीर्तिमान राखेका थिए । तर, वर्दन हेसले १०१ वर्ष ३८ दिनमा उक्त कार्य गरेर जेन्डे«युका विश्व कीर्तिमान भंग गरिदिएका हुन् ।

डुंकेसवेलस्थित ‘स्काई बज’ नामक संस्थाको सहयोगमा हेसले उक्त कीर्तिमान राख्न सफल भएका हुन् ।

‘सीएनएन’काअनुसार वर्दन हेस तीन पुस्ताको एक्ला अभिभावक हुन् । उनी दोस्रो विश्वयुद्धका एक कुशल र अनुभवी सैनिकसमेत हुन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework