लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

आपराधिक घटनालाई राजनीतिक आवरण दिइनु गलत : आयोग

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित, 2279 पटक हेरिएको

काठमाडौं, जेठ ५ । राष्ट्रिय मानवअधिकार आयोगले जघन्य मानवअधिकार उल्लंघनको घटनाका सम्बन्धित कोही–कसैलाई पनि छुट नदिन आग्रह गरेको छ ।

आयोगले शुक्रबार विज्ञप्तिमार्फत् २०७२ साल भदौमा कैलालीमा ८ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएका सम्बन्धमा उचित छानबिन गर्न र आपराधिक घटनामा संलग्नलाई कुनैपनि उन्मुक्ति नदिन आग्रह गरेको हो ।

आयोगले जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति दिनु दन्डहीनतालाई प्रश्रय हो भन्दै यसबाट मानवाधिकारको संस्कृतिको विकासमा मद्दत नपुग्ने देखिएको जनाएको छ ।

आयोगले सो घटनाको सम्बन्धमा स्थलगत अनुसन्धान गरी २०७३ फागुन २४ गते नै प्रतिवेदन दिइएको ध्यानाकर्षण गराउँदै आपराधिक घटनालाई राजनीतिक आवरण दिइनु गलत भएको जनाएको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आपराधिक घटनालाई राजनीतिक आवरण दिइनु गलत भएको बताइन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework