लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 5013 पटक हेरिएको

अपडेटः काठमाडौं, वैशाख ८ । भारतको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार साँझ स्वदेश फिर्ता भएकी छन् ।

                                                                                    फाइल फोटो

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरालगायत उच्चपदस्थ अधिकारीले स्वागत गरे ।

सो अवसरमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।

राष्ट्रपतिसँगै भ्रमण दलका सदस्य शान्तिमन्त्री सीतादेवी यादवलगायत पनि स्वदेश फर्किका छन् ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत सो भ्रमणअन्तर्गत् नयाँदिल्लीका महत्वपूर्ण भ्रमणपछि नेपाल फर्किएका थिए ।

भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही वैशाख ३ गते त्यसतर्फ गएकी थिइन् । रासस

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.