लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new
Gold & Diamond

‘पहिलो लाहुरे विद्यावारिधि डा. हर्षबहादुर बुढामगर’ विमोचित

शुक्रबार, ४ चैत, २०७३ मा प्रकाशित, 3076 पटक हेरिएको

काठमाडौं, चैत ४ । साहित्यकार तथा समाजसेवी स्वर्गीय डा. हर्षबहादुर बुढामगरको जीवनीमा आधारित पुस्तक ‘पहिलो लाहुरे विद्यावारिधि डा. हर्षबहादुर बुढा मगर’को शुक्रबार राजधानीमा लोकापर्ण गरिएको छ ।

उपराष्ट्रपपति नन्दबहादुर पुनले लोकापर्ण गरेको उक्त पुस्तक डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो ।

पुस्तकमा स्वर्गीय बुढामगरको जीवनका आरोह–अवरोह समावेश गरिएको छ ।

लाहुरे जीवनबाट अवकाश पाएपछि विद्यावारिधि गरेका बुढामगरका २४ ओटा साहित्यिक कृतिहरु पनि रहेका छन् ।

पुस्तक विमोचन गदै उपराष्ट्रपपति पुनले दुर्गम क्षेत्रमा जन्मिएर लाहुरे बनेका बुढामगरले साहित्यमा पनि उल्लेख्य योगदान पुर्‍याएको बताए ।

सो अवसरमा राष्ट्रकवि माधव घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, सभामुख ओनासरी घर्ती तथा सामाजिक, शैक्षिक र लोकगीतको क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

 

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.