लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

‘हामी गर्न सक्छौँ’ बालकवितासंग्रह सार्वजनिक

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 1166 पटक हेरिएको

कठमाडौं, साउन २ । बालकवि अनुज्ञा नेपालको ‘हामी गर्न सक्छौँ’ शीर्षक बालकवितासंग्रह आइतबार (आज) सार्वजनिक भएको छ ।

नेपाल बाल साहित्य समाजका अध्यक्ष तेजप्रकाश श्रेष्ठ र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्यसचिव गीता केशरीले सो संग्रह सार्वजनिक गरेका हुन् ।

१३ वर्ष उमेर प्रवेश गरेको अवसरमा नेपालले निकालेको संग्रहमा कवितासंँग मिल्दो चित्र पनि छन् । ऐरावती प्रकाशनद्वारा प्रकाशित संग्रहमा बालोरी, सवाई र झ्याउरे लयमा लेखिएका १६ कविता छन् ।

सो अवसरमा समाजका अध्यक्ष श्रेष्ठले बालकविले आँफूमा भएको प्रतिभा देखाएर बालसाहित्यमा कोसेढुंगा स्थापना गरेको बताउँदै उनीजस्तै अन्य बालबालिकाले पनि आफूमा भएको प्रतिभा देखाउनुपर्ने बताए ।

संग्रहमाथि समीक्षा गर्दै डा.रामप्रसाद ज्ञवालीले कविले उमेरभन्दा पनि स्तरीय कविता लेखेको बताए ।

अर्का समीक्षक विज्ञता कार्कीले संग्रहमा बालपुस्तालाई प्रेरणा दिने खालका कविता रहेको टिप्पणी गर्दै प्रकाशन गृहहरुले बालबालिकाका साहित्यिक कृति आफैँ खोजेर प्रकाशन गर्नुपर्ने र तिनलाई साहित्यक कृति खरिद गर्दा ५० प्रतिशत छुट दिनुपर्ने माग गरे । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework