लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

ललितपुरमा एमाले–राप्रपा गठबन्धनमा घात ! एमालेका मेयरले २,६२५ पाउँदा राप्रपाका उपमेयरलाई १,२७२ मत

मंगलबार, २ जेष्ठ, २०७४ मा प्रकाशित, 53638 पटक हेरिएको

ललितपुर, जेठ २ । ललितपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले अग्रता बनाएका छन् ।

                                              प्रतीकात्मक तस्वीर

महानगरको वडा १ र २ को अन्तिम मत परिणामअनुसार ब्यञ्जनकारले दुई हजार ६ सय २५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चिरिबाबु महर्जनले दुई हजार १ सय ७७ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका दिनेश महर्जनले ८ सय ४७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुख पदमा नेपाली कांग्रेसकी गीता सत्यालले एक हजार ४ सय ३ र राप्रपाका बाबुबाजी प्रधानले एक हजार २ सय ७२ मत प्राप्त गरेका छन् ।

वडा नं १ र २ को मतगणना सकिएलगत्तै अहिले वडा ३ र ४ को मत गणना भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एमाले र राप्रपाले सो महानगरमा गठबन्धन गर्दै मेयरमा एमालेका ब्यञ्जनकार र उपमेयरमा राप्रपाका प्रधानलाई उम्मेदवार बनाइएको थियो ।

एकै गठबन्धनबाट एमालेका मेयरले २,६२५ पाउँदा उपमेयरले भने १,२७२ मतमात्र पाएका हुन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework