लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

हलेसीमा दर्शनार्थीको भीड

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 3889 पटक हेरिएको

युवराज रोइला (इमेज): खोटाङ, साउन २ । खोटाङको त्रि–धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा ‘बोलबम’ मेलाको अवसरमा दर्शनार्थीहरुको बाक्लो भीड लागेको छ ।

साउनभर लाग्ने ‘बोलबम’ मेलाको अवसरमा प्रमुख धार्मिक एवं पर्यटकीयस्थल हलेसीमा आइतबार बिहानदेखि दर्शनार्थीको बाक्लो भीड लागेको हो ।

हलेसी–तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा सुरु भएको बोलबम मेलाको अवसरमा पैदल तथा यातायातका सवारी–साधनमार्फत् आएका दर्शनार्थीको बाक्लो घुइँचो लागेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले बताए ।

हलेसी महादेवमा देश तथा विदेशबाट आएका हिन्दू धर्मावलम्बीहरुले नुहाएर ब्रत गर्दै महादेव, पार्वती र गणेशलाई नदीको जल चढाउने गरेका छन् ।

हलेसीमा विवाहित महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुख–समृद्धिको कामना गर्दै र अविवाहित महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजा–अर्चना गर्ने गर्दछन् ।

पवित्र जल तथा बेलपत्रले शिवको पूजा–आराधना गरे आफ्नो मनोकामना पूरा हुने र सुख–शान्ति मिल्ने विश्वास छ ।

‘बोलबम’ मेला अवधिमा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बतलगायतका ठाउँबाट गेरु वस्त्रधारी दर्शनार्थी आउने गरेका छन् ।

हलेसीमा घुमफिर गर्दै सामूहिकरुपमा उच्चारण गरिएको ‘बोलबम’ शब्दले हलेसी गुञ्जयमान बनेको छ ।

‘बोलबम’ मेलाको अवसरमा बराहपोखरी र कालिका भगवती मन्दिरमालगायतका ठाउँहरुमा दर्शनार्थीहरुको बाक्लो भीड लागेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework