लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

यो हो रोबोट पत्रकार, एक सेकेन्डमै ३०० शब्दसम्म लेख्नसक्ने

मंगलबार, १९ बैशाख, २०७४ मा प्रकाशित,

काठमाडौं, वैशाख १९ । पत्रकारितामा एउटा नयाँ आयाम थपिएको छ, त्यो हो ‘रोबोट पत्रकार’ । पछिल्लो समय प्रविधिले नसोचेका उपलब्धि हासिल गरिरहेको समयमा चीनका वैज्ञानिकहरुले कम समयमा छिटो–छिटो लेख्न र पढ्नसक्ने रोबोट बनाएका छन् ।

 

‘चाइना डेली’काअनुसार ‘सिओ नान’ नाम गरेको रोबोट पत्रकारले स्थानीय बसन्त महोत्सवकाबारेमा ३०० शब्दको लेख लेखेर प्रकाशित भएपछि सबैजना आश्चर्यमा परेका छन् ।

‘सिओ नान’ (रोबोट)ले लेखेको लेखलाई ‘साउर्थन मेट्रोपोलीस डेली’मा प्रकाशित गरिएको थियो ।

पत्रकार ‘सिओ नान’ (रोबोट)ले लामो–छोटो लेख तथा समाचार एक सेकेन्डमै ३०० सय शब्दसम्म लेख्नसक्ने बताइएको छ ।

रोबोट निर्माणमा संलग्न पेकिङ विश्वविद्यालयका प्रा.वान सिओजुनले उक्त रोबोटले गहन तथ्यांक विश्लेषण गरेर कुनै भाषागत गल्तीबिना एकदमै छिटो समाचार तथा लेख–रचना लेख्नसक्ने बताए ।

उनले भने–‘अझै केहि कमजोरी सुर्धान सकिने र तत्काल पूर्णरुपमा पत्रकारलाई विस्थापित गर्न भने रोबोटले सक्दैन । तर, करिब ७० प्रतिशत पत्रकारिताको काम भने यसले सजिलै विस्थापित गरिदिन सक्छ ।’

यस पत्रकार रोबोट सिओ नानबारे यसअघि नै चर्चा चलिसकेको थियो । यसै वर्षको सुरुमा यसलाई सार्वजनिक गरिएको भएपनि यसले आफ्नो काम देखाएको थिएन ।

अहिले चीनमा केहि सन्चारमाध्यमहरुले ‘सिओ नान’कोे कामको परीक्षण गरिरहेका छन् । तर, ती सन्चारमाध्यमहरुको नाम भने उल्लेख गरिएको छैन ।

चाइना डेलीकाअनुसार कुनैपनि घटना वा सम्बन्धित समाचारबारे सिओ नानले मानिसलेभन्दा विश्वसनीय ढंगले विश्लेषण गर्नसक्ने उल्लेख गरेको छ ।

प्रा.वान सिओजुनले अहिले सिओ नानलाई टेलिभिजनको कार्यक्रम र अन्तर्वार्ताको प्रत्यक्ष प्रसारणमा अभ्यास गराइरहेको बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework