लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

न्यूजिल्याण्डमा रोजगारीको आकर्षक प्रस्ताव, नेपालीले पनि अनलाइनबाटै आवेदन दिन सक्ने

शुक्रबार, ४ चैत, २०७३ मा प्रकाशित,

न्यूजिल्याण्ड, चैत ४ । रोजगारीको खोजीमा रहेकाहरुका लागि न्यूजिल्याण्ड एउटा आकर्षक अवसर बन्न सक्छ, जहाँ विदेशी नागरिकहरुका लागि हवाइ टिकट, खान–बस्न र घुम्ने सुविधासहित दरखास्त आह्वान गरिएको छ ।

खासगरी प्राविधिक कामदारका लागि आवेदन माग गरिएको हो । तत्कालका लागि वेलिङ्टनमा एक सयको संख्यामा विभिन्न विषयका दक्ष कामदार माग गरिएको छ ।

आवेदनकर्ताको वायोडाटा सन्तोषजनक पाइएको अवस्थामा अन्तरवार्ता तथा अन्य छनौट प्रक्रियाका लागि हवाई टिकट, खाना–बस्न तथा सहर घुमाउने प्रस्तावसहित बोलाइने पनि विज्ञापनमा उल्लेख छ । अन्तरवार्तामा पास हुनासाथ रोजगारी दिइने र पास हुन नसके पनि त्यसरी बोलाइएका जनशक्तिको खर्च कम्पनीमार्फत नै व्यहोरिने जनाइएको छ ।

विदेशीहरुले पनि खुला प्रतिश्पर्धामा भाग लिन सकुन् र आफ्नो क्षेत्रमा दक्ष ठहरिएकाहरुलाई रोजगारी दिन सकियोस् भन्ने उद्देश्यले आउन–जान हवाइ टिकटको सुविधा दिइएको विज्ञापनमा उल्लेख छ ।

आइपी नेटवर्क इन्जिनियर, जाभा स्क्रिप्ट डेभलपर, एन्ड्रोयड डेभलपर, सिस्टम इन्जिनियर, ब्याकइन्ड डेभलपर, सिनियर डेभलपर, डिजिटर प्रोड्युसर, सेक्युरिटी कन्सल्ट्यान्ट लगायतका क्षेत्रमा दक्ष कामदारका लागि रोजगारीका लागि अवसर दिइएको हो ।

आवेदनकर्ताले अनलाइनबाटै आफ्नो वायोडाटा पेश गर्न सक्नेछन् । कम्पनीले रुचाएका व्यक्तिहरुले भिडियो अन्तरवार्ता दिनुपर्नेछ । त्यसपछि कम्पनीले उचित ठहर गर्न सके साक्षात्कारसहित अन्तरवार्ता र आगामी छनोट प्रक्रियाका लागि हवाई टिकटको सुविधासहित बोलाउने जनाइएको छ ।

रोजगारीको यो अवसरमा नेपाली नागरिकले पनि प्रतिश्पर्धा गर्न सक्नेछन् । जसका लागि आधिकारिक वेबसाइटमा गएर आफ्नो प्रोफाइल बनाउने र आवश्यक विवरण भर्नुपर्ने छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework