लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

प्रतिफल दिने आयोजनामा लगानी गर्न ऊर्जामन्त्रीको आग्रह

आइतबार, ६ चैत, २०७३ मा प्रकाशित, 9750 पटक हेरिएको

काठमाडौं, चैत ६ । ऊर्जामन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिफल दिने गरी सरकारले जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको बताएका छन् ।

फाइल फोटो

दक्षिण कोरियामा आज नेपाली समुदायसँग गरिएको विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको हितमा नै ‘रेमिट हाइड्रो’को अवधारणा अगाडि सारिएको बताए ।

छिट्टै प्रतिफल दिने आयोजनामा लगानी गर्न सरकारले वैदेशिक रोजगारमा रहेका नेपालीलाई लगानीका लागि आग्रह गरिएको उल्लेख गर्दै उनले सुनकोसी, नलसिंहगाड, शारदा, माथिल्लो अरुण जस्ता आयोजनामा लगानी गर्न प्रेरित गरिएको स्पष्ट गरे ।

सरकारले प्रतिफल दिने र नाफाको सुनिश्चितता हुने आयोजनामा लगानीका लागि नेपाली नागरिकलाई आग्रह गरिएको र सरकारले प्रष्ट योजनाका साथ काम गर्नेमा जोड दिए । जलविद्युत् आयोजनालाई नै अगाडि बढाउने लक्ष्यका साथ सरकारले ‘नेपालको पानी जनताको लगानी’सम्बन्धी अवधारणा अगाडि सारेको भन्दै स्पष्ट भएर लगानी गर्न आग्रह गरे ।

योजनाबद्ध तवरले जलविद्युत् उत्पादनको प्रक्रिया सुरु गर्न सरकारले विद्युत् उत्पादन कम्पनी स्थापना गरेको तथा प्रसारणलाइन निर्माणलाई युद्धस्तरमा अगाडि बढाउन प्रसारणलाइन कम्पनी पनि स्थापना गरिएको जानकारी दिए ।

उनले विद्युत्भार कटौतीको अन्त्य गरेर नेपालीमाझ एउटा उत्साह एवम् सकारात्मक वातावरण तयार पारिएको भन्दै एकाध वर्षमा नेपालको ऊर्जा क्षेत्रमा उल्लेख्य प्रगति हुने भएकाले मन खोलेर लगानी गर्न नेपाली समुदायलाई आग्रह गरे ।

जलविद्युत् आयोजना अगाडि बढाउनका लागि सरकारले पहिलो चरणमा स्वदेशी लगानीलाई नै प्राथमिकतामा राखेको भन्दै मन्त्री शर्माले ठूला आयोजनामा विदेशी लगानी आकर्षित गरिने र मुलुकलाई सम्पन्न बनाइने स्पष्ट पारे ।

कस्तुरीले आफ्नै सुगन्ध खोज्न दौडिएजस्तै साधन र स्रोत भएर पनि सही उपयोग गर्न नसक्दा नेपाल पछाडि परेको भन्दै उनले राजनीतिक नेतृत्वले ध्यान दिने हो भने आगामी १५ वर्षमा उल्लेख्य सफलता हासिल गर्न सकिने धारणा राखे ।

कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा रहेका नेपाली नागरिकले लगानीका विभिन्न आयाम, लगानी प्रक्रिया एवम् प्रतिफलको बारेमा मन्त्री शर्मासँग जिज्ञासा राखेको मन्त्री शर्माका निजी सचिव कृष्ण केसीले जानकारी दिए ।

मन्त्री शर्माले दक्षिण कोरियामा रहँदा त्यहाँका ऊर्जा मन्त्रीलगायत अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । रासस

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework