लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

म यतिबेला अत्यन्तै दुःखी छु, स्तब्ध छु: विमलेन्द्र निधि (भिडियो हेर्नुहोस)

बुधबार, २० बैशाख, २०७४ मा प्रकाशित,

करिब १९ बर्षपछि हुन लागेको स्थानीय निकायको निर्बाचन तयारी भइरहेका बेला उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले पदबाट राजिनामा दिएपछि नयाँ राजनीतिक तरंग पैदा भएको छ ।

प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव, आइजीपी नियुक्ती प्रकरण साथै बरीयता विवादलगायतका विषयमा असन्तुष्ट रहेका निबर्तमान गृहमन्त्री निधीसँग इमेज च्यानलका जगदिश खरेलले गरेको कुराकानीको अंश: 

गृहमन्त्रीबाट राजीनामा नदिएको भए हुन्थ्योजस्तो लागेको छैन् ?

त्यस्तो लागेको छैन् । मलाई हल्का महसुश भइरहेको छ । यद्यपी, म जिम्मेवारीबाट भागेको भने छैन् ।

तपाईंलाई जिम्मेवारीबाट भागेको हो भनेर टिप्पणी भइरहेको त छ नी ?

टिप्पणी गर्ने स्वतन्त्रता सबैलाई छ । म कहीं भागेको छैन् । यस सवालमा कुरा गर्नुपर्दा पार्टी वा सरकारका तर्फबाट प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव आयो । यसबारे मलाई केही शेयर गरिएन । छलफल भएन । मलाई मिडियाका साथीहरुले फोन गरेर सोध्नुभयो । उत्तर के दिने ? त्यसपछि मैले चिनकाजी श्रेष्ठलाई सोधेपछि मात्र जानकारी पाएँ । त्यसपछि म स्तब्ध भएँ ।

आइजीपीको नियुक्तीको प्रकरणले नै महाअभियोग आएको रहेछ । यस विषय पनि गृहमन्त्रीसँग छलफल भएन् । म चुनावको सुरक्षा प्रबन्धमा खटिरहेको थिएँ । पार्टीका कार्यकर्तालाई चुनावमा होमीन परिचानल गर्न लागिरहेको थिएँ । तर अचानक चुनावको मुखमा महाअभियोग प्रस्ताव आयो । त्यसपछि सबैको नजर महाअभियोगमा केन्द्रीत हुने भो । यो अलिक अशान्दर्भिक भयो । त्यसपछि मेरो मन बदलिएको हो ।

लामो समयदेखि तपाईं र सभापति शेरबहादुर देउवा सँगै हुनुहुन्छ । यसैबीचमा कसरी यस्तो अवस्था आयो ?

यसमा मलाई पनि आश्चर्य लागेको छ । उहाँ र म बीचमा कुनै फरक थिएन । तर आइजीपीका विषयमा हामीबीच फरक धारण आयो । म नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन चाहान्थे । तर त्यस्तो अवस्था आएन । महाअभियोगका सवालमा पनि उहाँले मलाई सोध्नु भएन् ।

तपाईंको राजीनामा अलिक गलत समयमा भएन र ?

होइन्, म मुलुकका बारेमा चिन्तित थिएँ । संविधान संशोधन सहज हुन्छ भनेर बरीयताका सवाललाई मैले ठूलो रुपमा लिइन् । तर अवस्था झनै जटिल हुँदै आयो । राजीनामाको दाग मलाई मलाई लागेको छ । यसमा म सहमत छु ।

तपाईंले अब शेरबहादुर देउवाको साथ छोड्नुभएको हो ?

मैले छाडेको छैन । तर देउवाजीले के गर्नुहुन्छ, त्यो उहाँकै कुरा हो ।

बिमलेन्द्र निधि अब कांग्रेसकै रहन्छ की रहँदैन भन्ने चर्चा चल्न थाल्यो नी ?

यसबारेमा प्रश्न नगरौं । कांग्रेस मेरो हो । मेरो पूर्वजहरु र मेरो पुस्ताले स्थापित गरेको हो । कांग्रेस अरु कसैको मात्र होइन् । कुनै सभापति, महामन्त्री, पदाधिकारीले कांग्रेस आफ्नो मात्र हो भन्ने सोच्छ भने गलत हुन्छ ।

तपाईंको नौं महिनाको कार्यकाल कस्तो रहयो ?

धेरै चुनौतिका बाबजुत पनि म सफल रहें । तर अन्तिम कालमा दुःखान्त रह्यो । महाअभियोगको परिस्थिति आउँदा दुःखी बनाएको छ । निर्बाचन सफल गराएर पद छाड्ने अवस्था नरहँदा दुःखी बनाएको छ । कल्पना भन्दा बाहिर गएर मेरो मन दुखेको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework