लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

फ्रान्समा आईएसको गोली प्रहारबाट एक प्रहरी मारिए, दुई घाईते

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 11129 पटक हेरिएको

काठमाडौं, बैशाख ८ । फ्रान्सको राजधानी पेरिसमा गरिएको गोलीकाण्डमा आतंकवादीको संलग्नता रहेको राष्ट्रपति फ्राँस्वाँ ओलान्दले दावी गरेका छन् ।

एक प्रहरी मारिने गरी गराइएको आक्रमणमा अरु दुई जना घाइते भएका छन् । प्रहरी कारवाहीमा गोली प्रहार गर्ने व्यक्ति पनि मारिएका छन् ।

इस्लामिक अतिवादी समूह आईएसले घटना आफूले गराएको दावी गरेको छ । पेरिसको शान्जे लीजे भन्ने स्थानमा भएको घटनापछि शहरभरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

एउटा कारबाट उत्रेका आक्रमणकारीले एकाएक स्वचालित बन्दूकले प्रहरीको बसमाथि गोली प्रहार गरेर भागेको र पछि प्रहरी कार्वाहीमा मारिएको प्रहरीले जनाएको छ ।

फ्रान्समा आइतवार राष्ट्रपति पदको निर्वाचन हुँदैछ । निर्वाचनको ठीक अगाडी भएको घटनापछि मुलुकभर आतंकवाद विरोधी अभियान तीब्र पारिएको जनाइएको छ ।

राष्ट्रपति निर्वाचनको मूख्य मुद्दा नै इस्लामिक आतंकवाद रहेको छ । सन् २०१५ देखि अहिलेसम्म फ्रान्समा भएको इस्लामिक अतिवादी आक्रमणमा २ सय ३८ जना मारिइसकेका छन् । जस मध्ये धेरै घटनाको जिम्मेवारी आईएसले लिएको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework