लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

भारतमा ट्रकले कुल्चदा २० जनाको मृत्यु

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 11673 पटक हेरिएको

काठमाडौं, वैशाख ८ । भारतको आन्धप्रदेशमा व्यस्त भीडभाडमा ट्रकको ठक्करबाट कम्तीमा २० जनाको मृत्यु हुनुका साथै दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

शुक्रकार दिउँसो स्थानीय समयअनुसार २ बजे आन्ध्रप्रदेशको चित्तुर जिल्लास्थित यरपेडु प्रहरी कार्यालयअगाडि उक्त घटना घटेको हो ।

प्रारम्भिक सूचनामा २० जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी घाइतेको सूचना आउन बाँकी रहेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै ‘हिन्दुस्थान टाइम्स’ले उल्लेख गरेको छ ।

प्रहरीकाअनुसार चालकले नियन्त्रण गुमाएपछि ज्यान जोगाउन गुडिरहेको ट्रकबाट हामफालेकाले ट्रक अनियन्त्रित भइ धेरै मानिसहरुको ज्यान गएको हो ।

आन्धप्रदेशका उपमुख्यमन्त्री एन चीन राजाप्पाले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारका लागि आवश्यक व्यवस्था गरिएको बताए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework