लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

पत्नीलाई दाउमा राखेर जुवा ! जित्ने दुईजनाले घरमै सामूहिक बलात्कार गरेको पीडितको आरोप

बिहीबार, २९ आषाढ, २०७४ मा प्रकाशित,

इन्दौर, असार २९ । भारतमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । जुवामा नगद गुमाइसकेका एकजनाले पत्नीलाई नै दाउमा राखेर जुवा खेलेको र जित्ने कथित दुई जनाले घर मै गएर महिलालाई सामूहिक बलात्कार गरेको घटना प्रकाशमा आएको हो ।

इन्दौरको राउ निवासी ३८ वर्षीया महिलाले हालै प्रहरीको सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो पीडा सार्वजनिक गरेकी हुन् । १४ वर्षअघि पीथमपुर निवासी किशोर नाम गरेका युवकसँग आफ्नो विवाह भएको र चार सन्तानसमेत रहेको जानकारी दिदैं ती महिलाले पतिले कथित रुपमा जुवामा आफूलाई हारेपछि दुई जनाले सामूहिक बलात्कार गरेको जनाइन् ।

उनका अनुसार ती दुई पुरुष घरमै आएका थिए । त्यतिबेला उनको पति भने घरमा नरहेको बताइन्छ । छोराछोरी भएकै समयमा घरमा आएर उनीहरुले आफूलाई ‘तिम्रो पतिले तिमीलाई जुवामा हारिसकेका छन्, तिमी अब हाम्री भयौ’ भन्दै छोराछोरीलाई बाहिर निकालेर बलात्कार गरेको उनले बताइन् ।

सो घटनापछि आफूले घर परिवर्तन गरेको र अलग्गै बस्न थालेको भए पनि पति र ती दुई पुरुषले बारम्बार आफूलाई दुःख दिने र धम्क्याउने गर्दै आएको गुनासो उनले प्रहरीसमक्ष दिएकी छन् । ती महिलाका अनुसार छोरीलाई समेत जुवामा दाउ राख्ने धम्की पतिले दिदैं आएका छन् ।

इन्दौरको प्रहरी उपमहानिरीक्षक कार्यालयमै आयोजित कार्यक्रममा महिले आफ्नो पीडा सुनाएपछि प्रहरीले सो घटनाको छानविन थालेको छ ।

इन्दौरको पूर्वी क्षेत्रका प्रहरी प्रमुखले सम्बन्धित प्रहरी थानालाई छानविनको जिम्मेवारी दिइएको पत्रकार सम्मेलनमा जनाएका छन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework